काठमाडौं– दृष्टि आँखा अस्पतालले काभ्रेको मन्डन देउपुरमा एक दिने निशुल्क आँखा शिविर सन्चालन गरेको छ। कार्यक्रम न्यु भि-रोथोको प्रयोजनमा सम्पन्न भएको हो। जापानको नम्बर १ ब्रान्डको रुपमा परिचित न्यु भी-रोथोले आँखाको सुरक्षा गर्छ।
दृष्टि आँखा अस्पतालका डा रोहित सैंजुको पहलमा आयोजना गरिएको कार्यक्रममा २ सय ५० भन्दा बढी व्यक्तिले आँखा जाँच गरेका थिए। डा सैंजुले स्वस्थ र सुन्दर आँखा बनाउने कार्यलाई प्रोत्साहन गरेकोमा उपस्थित सबै खुसी भएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य आँखाको रक्षा गर्नु र विभिन्न रोगबाट बचाउनु रहेको आयोजकले जनाएको छ।