काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गतको कर्मचारी समायोजनमा असन्तुष्टि जनाउने संघसंगठनको संख्या क्रमश बढ्दै गएको छ। सरकारी चिकित्सक संघ, आयुर्वेद चिकित्सक, जनस्वास्थ्य संघ, स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघपछि नेपाल नर्सिङ संघले पनि समायोजनमा असन्तुष्टि जनाएको छ।
नर्सिङ संघले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा वृति विकास र अन्य अवसरमा एक रुपमा नहुने अवस्था आएको भन्दै निजामति सेवाका अन्य कर्मचारी सरह गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
संघले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि संघीय सरकार अन्र्तगत राखेर एकै सेवाभित्र पनि विभिन्न समूहबीच असमानता र विभेद नहुनेगरी समायोजन गर्न माग गरेको हो।
संघले नर्सिङ सेवामा लोकसेवामार्फत् प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका सम्पूर्ण कर्मचारीलाई संघीय सरकारकै खटनपटन रहनेगरी संघ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न माग गरेको छ।
