काठमाडौं- सरकारले अगाडि बढाएको कर्मचारी समायोजन प्रक्रियाविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले माइतिघरमा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन्। उनीहरुले रक्तदान कार्यक्रमको समेत आयोजना गरेका छन्।
सरकारी चिकित्सक संघको अगुवाईमा भएको उक्त कार्यक्रममा रक्तदान गर्न आएका नागरिकलाई समेत आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरेका छन्।
संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेका अनुसार संघले बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी 'अवज्ञा आन्दोलन' सुरु गर्ने कार्यक्रम रहेको छ।