काठमाडाैं- बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटी, कमलादी च्याप्टरबीच स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने विषयमा सम्झौता भएको छ।
सोसम्बन्धी सम्झौता पत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी च्याप्टरका सचिव माधव अधिकारीले हस्ताक्षर गरेका हुन्।
फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलादी च्याप्टरसँग स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रमलगायतका लागि सहकार्य गरेकाे जनाएकाे छ।
समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।