बुटवल- कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा श्रीधर खनालले आफ्नो बिहे खर्च क्यान्सर पीडित बालबालिकाको उपचारार्थ अस्तित्व फाउण्डेशनलाई हस्तान्तरण गरेका छन्।
नेपाली संस्कृति र परम्परा खर्चिलो र भड्किलो हुँदै गएको सन्दर्भमा पाल्पास्थित कुसुमखोला निवासी डा. खनालले आफ्नो विवाहमा लाग्ने अनुमानित खर्च ४ लाखफाउन्डेशनलाई हस्तान्तरण गरेका हुन्।
बुटवलमा भएको उक्त विवाह समारोहमा कुनै तामझाम थिएन।दुलाहा डाक्टरले भने, ‘स्वयम्बर गर्दा दुलहीलाई कुशको औंठी लगाइदिएँ।’
बुटवलकीदुलही कमला ज्ञवाली ब्याचलर इन पब्लिक हेल्थ अध्ययनरत छिन्।
‘दुलही पक्षबाट जन्तीलाई सादा टीका मात्र लगाइदिए, ढोगभेटमा कुनै सामान आदानप्रदान गरिएन,’ डाक्टर खनालले भने।
यस किसिमको विवाहमाघर र माइती दुवै पक्ष खुसी भएको उनले बताए।
फाउण्डेशनमा आवद्ध अन्य सदस्यहरूलेपनि बिहे, ब्रतबन्ध, चाडपर्व रवार्षिकोत्सवमा हुने खर्चलाई कटौती गरी फाउण्डेशनलाई सहयोग गर्दै आएका छन्।