काठमाडौं- सोल्टीमोड कालिमाटीस्थित स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सव मनाएको छ।
प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पुरानो स्पार्क अस्पतालले अस्पतालमै उपचारपछि निको भएका बिरामीहरुलाई प्रमुख आतिथि बनाउँदै वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसर पारेर अस्पतालले बिरामीहरुको विचार, उनिहरुको भोगाइ र अस्पताल बसाइको बारेमा समेटेर तयार पारिएको ुस्पार्कले दिएको नयाँ जीवनु नामक पुस्तक समेत विमोचन गरिएको छ।
योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिका अस्पताल आजको दिनमा टिक्न समेत गार्हो हुने अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता आफैंमा आश्चर्यजनक रहेको बताए।
अस्पतालका अध्यक्ष टंक नाथ पौडेलले सबैको सामुहिक प्रयास, साथ र सहयोका तथा बिरामीहरुको विश्वास र मायाकै कारणले अस्पातल आजको अवस्थामा आउन सफल भएको बताए।
कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाइ नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको छ। त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतालले संचालन गरेको योगा कक्षामा सहभागी हुँदै आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रशाद श्रेष्ठलाई समेत सम्मान गरिएको छ।