काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले स्वास्थ्य सेवा दिवस बहिष्कार गरेको छ। कर्मचारी समायोजन विधेकविरुद्ध आन्दोलनरत चिकित्सकहरुले सरकारले मनाउन लागेको राष्ट्रिय स्वास्थ्य सेवा दिवस बहिष्कार गरेका हुन्।
सरकारलाई दिएको ७२ घन्टे अलिटमेटम मंगलबार सकिएकाले सरकारी चिकित्सकले बुधबारदेखि अनिश्चितकालसम्मका लागि देशभरका आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्।