काठमाडौं- धादिङ जिल्लामा विगत ५ बर्षदेखि संचालन हुँदै आएको सुरक्षित मातृत्व सम्बन्धी 'नेटवर्क अफ सेफ्टी' कार्यक्रम सम्पन्नए भएको छ।
अन्तराष्ट्रिय गैर सरकारी संस्था वान हार्ट वर्ल्डवाइडले सन् २०१५ देखि आमा र नवजात शिशुका लागि सुरक्षा सञ्जााल अर्थात नेटवर्क अफ सेफ्टी फर वुमन एन्ड न्युवर्नस कार्यक्रमको सुरुवात गरेको थियो।
उक्त संस्थाले आइतबार धादिङ जिल्ला अस्पतालमा कार्यक्रम हस्तान्तरण समारोह आयोजना गरि आफ्नो कार्यक्रम सम्पन्न भएको घोषणा गरेको हो।
परियोजना हस्तान्तरण समारोहमा परियोजना अवधिभरमा हासिल गरिएका मुख्य उपलब्धीहरु, परियोजनाको सहज हस्तान्तरणका लागि परियोजना समाप्तिपछि वान हर्ट वर्ल्डवाइडले गर्ने थप कामको योजना, स्थानिय सरकारका मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम संगको सहकार्य र सो सम्बन्धी काममा स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय, सम्बद्ध सरोकारवालाहरुबाट अपेक्षा गरिएको भुमिका तथा उत्तरदायीत्व सम्बन्धमा जानकारि गराइएको थियो।
उक्त कार्यक्रममा नगर तथा गाउँ पालिकाका प्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गैसस, एनजीओ फेडरेसन तथा संचार माध्यमाका प्रतिनिधिहरु लगाएतको सहभागिता थियो।
वान हार्ट वर्ल्डवाइडले पाँच बर्षे परियोजना अवधिमा १० वटा बर्थिङ सेन्टरको पुनःनिर्माण, ५२ वटा स्वास्थ्य संस्था र १३ वटा सामुदायीक स्वास्थ्य इकाइलाइ बर्थिङ सेन्टरको लागि आवश्यक उपकरणहरु प्रदान गर्नुका साथै १५ वटा प्राथमिक स्वास्थ्य उपचार क्लिनिक लाइ सो सम्बन्धि आवश्यक उपकरणहरु समेत प्रदान गरेको छ। यसका साथै जिल्लाका ५९ जना नर्सिङ कर्मचारिलाइ नेपाल सरकारको आधिकारिक दक्ष प्रसूतिकर्मी तालिम पनि दिएको छ।
यसै गरि सो संस्थाले धादिङ जिल्लामा दुइ वटा सुत्केरी कुरुवा घर निर्माण, ५२ वटा स्वास्थ्य संस्थालाइ जीवनरक्षा सम्बन्धी औषधी प्रदान, १३ वटा नगरपालिका लाइ ग्रामीण अल्ट्रासाउण्ड मेशिन वितरण, ३८ वटा वर्थिङ सेन्टरमा सोलार वत्ति जडान, एउटा फोटो थेरापी मेशिन समेत प्रदान गरेको छ।
कार्यक्रममा धादिङ्ग जिल्लाका ११ वटा गाउँपालिका र २ वटा नगरपालिकाका जिल्ला स्वास्थ्य संयोजकहरुले आफनो कार्य क्षेत्रमा नेपाल सरकारको स्वास्थ्य कार्यक्रमसँगै वान हार्ट वल्ड वाइडको मातृ तथा नवजात शिशु कार्यक्रमका गतिविधिहरु संयुक्त रुपले चलाउने आफ्नो प्रस्तुति गरे।
सो कार्यक्रममा स्वास्थ्य संयोजकहरुको प्रतिनिधित्व गर्दै नेत्रावती गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यले वान हार्त वल्र्ड वाईडको मातृ तथा नवजात शिशु कार्यक्रमले धादिङ जिल्लामा मातृ तथा नवजात शिशुको क्षेत्रमा धेरै सुधार ल्याएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमूख स्वास्थ्य शिक्षा प्रशासक महेश्वथर श्रेष्ठले वान हार्ट वर्ल्डवाइडले आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारमा अन्य जिल्लाहरुमा समेत महत्वपुर्ण भुमिका खेलेको बताए।
वान हार्ट वर्ल्डवाइडका कार्यक्रम निर्देशक सूर्य भट्टले धादिङ जिल्ला वान हार्ट वर्ल्डवाइडको कार्यक्रम कार्यान्वयनका लागि मोडेल जिल्लाको रुपमा रहने बताए।