काठमाडौं– मिडवाइफ्री सोसाइटी अफ नेपाल (मिडसन)को नयाँ कार्यसमितिको अध्यक्षमा डा लक्ष्मी तामाङ निर्वाचित भएकी छिन्।
सोसाइटीको साधारणसभाले डा अर्चना पाण्डेलाई उपाध्यक्ष, नानीमैयाँ कावे सचिव, प्रो राधा रानाभाट सहसचिव, मैंया मानन्धरलाई कोषाध्यक्ष निर्वाचित गरेको छ।
मैंयाशोभा मानन्धर, आशालक्ष्मी प्रजापति, सजना रन्जित, पार्वती शिवाकोटी, लुम्बिनी शाक्य कार्यसमिति सदस्यमा निर्वाचित भएको नवनियुक्त अध्यक्ष लक्ष्मी तामाङले जानकारी दिइन्।