काठमाडौं– केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन (केमसान)को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले सुरेश घिमिरेको अध्यक्षतामा नयाँ कार्यकालको लागि १३ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा कविराज पोखरेल, महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा अर्जुन कुमार रायमाझी र कोषाध्यक्षमा दीपक शर्मा निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा पूण्यप्रसाद नेपाल, निर्मल रेग्मी, समीर मरहठ्ठा रहेका छन्। समितिको द्धितिय उपाध्यक्ष तथा ३ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमतिले गर्ने व्यवस्था संघको विधानले गरेको छ।
केमसान नेपालमा वर्षेनी करिब १५ अर्ब रुपैयाँ भन्दा बढीको मेडिकल र सर्जिकल सामग्रीको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन हो।
गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्यले २०६१ सालमा स्थापना भई सातै प्रदेशमा आफ्नो कार्यालय विस्तार गर्न सफल केमसानमा आवद्ध सदस्यहरुको संख्या ३ सय पुगिसकेको छ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आयातित केमिल तथा मेडिकल उपकरणको गुणस्तरीयतामा सम्झौता नगर्न व्यवासायीहरूलाई आग्रह समेत गरे।