पोखरा–पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराए।
नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।