काठमाडौं- कर्मचारी समायोजन विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)का माग सम्बाेधन गर्न एक्सन कमिटी गठन भएकाे छ।
आइतबार सङ्घीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाको उपस्थितिमा बसेकाे बैठकले उक्त निर्णय गरेको हो।
समितिमा संघीय मामिला मन्त्रालयबाट सचिव थपिलया र भुपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा विकास देवकोटा, जनार्दन गुरागाईं र महेन्द्र श्रेषठ र गोदानका प्रतिनिधि रहेका छन्।
सो एक्सन कमिटिले गाेदानका माग सम्बाेधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय ,सङ्घीय मन्त्रालयका उच्च स्थरीय र गाेदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय भएको पाण्डेले बताए।
गोदानले विधेयकको मस्यौदा बनेसँग आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।