चितवन- चितवनमा तीनदिनसम्म चलेको सातौं फर्मा तथा हेल्थ एक्स्पो सम्पन्न भएको छ। शुक्रबारदेखि आइतबारसम्म चलेको एक्स्पोमा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो भएको थियो।
एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि कम्पनीका गरी २ सय स्टल राखिएको थियो। जसमा भारतीय कम्पनी १२०, बहुराष्ट्रिय कम्पनीका ३० वटा र नेपाली कम्पनीका ३० वटा स्टल राखिएको थियो।
एक्स्पोमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आत्मनिर्भर औषधिको आयात रोक्ने तयारी भइरहेको जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन लागिपर्ने बताएका थिए।