काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५७ औं पटक रक्तदान गरेका छन्।
डोटेली समाज काठमाडौंद्धारा शनिबार बानेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कुलमा आयोजित बृहत रक्तदान कार्यक्रममा कर्माचार्यले १५७ औँ पटक रक्तदान गरेका हुन्।
कार्यक्रममा कर्माचार्यसहित अन्य १ सय १० जनाले पनि रक्तदान गरेका थिए।
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै उक्त अवसरमा डोटेली समाज काठमाडौँका अध्यक्ष जगदीश केसीले कर्माचार्यलाई अभिनन्दन पत्र मार्फत सम्मान गरेका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।