गुल्मी- कर्मचारी मिलन केन्द्र गुल्मीले गुल्मी अस्पताललाई अत्याधुनिक ल्याब मेसिन सहयोग गरेको छ। केन्द्रले ल्याब मेसिन हस्तान्तरण गरेसँगै अस्पतालमा ल्याब सेवा विस्तार हुने भएको छ।
सदरमुकाम तम्घासरमा रहेको जिल्ला अस्पताल गुल्मीलाई थप सुबिधा सम्पन्न बनाउनका लागि थाइराइड चेक गर्ने ल्याब मेसिन हस्तातरण गरिएको केन्द्रले केन्द्रका कोषध्यक्ष हरिप्रसाद गैरेले बताए।
करिब ६ लाख रुपैयाँ पर्ने उक्त मेसिन एक कार्यक्रमकाबीच केन्द्रको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हस्तातरण गरेका हुन्।
अत्याधुनिक मेसिन ग्रहण गर्दै जिल्ला अस्पताल गुल्मीका प्रमुख डा उत्तम पाच्यले अस्पतालले बिरामीहरुलाई दिने सेवा थप प्रभावकारी हुने बताए।