काठमाडौं- कर्मचारी समायोजन कार्यलाई तिब्रता दिएको सरकारले प्रशासन सेवा तर्फ २ सय १५ जना सहसचिवको पदस्थापना गरेको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापना भएका कर्मचारीको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत प्रशासन तर्फका दुई सहसचिव समेत रहेका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत जनसंख्या महाशाखा र प्रशासन महाशाखामा कार्यरत दुई सहसचिवलाई सोही मन्त्रालयमा पदस्थापना गरिएको हो।
सहसचिव मधुुसुदन बुर्लाकोटी जनसंख्या र जनार्दन गुरागाईं प्रशासन महाशाखामा कार्यरत छन्।
प्रशासन तर्फका सहसचिवको पदस्थापना गरिए पनि सरकारले स्वास्थ्य सेवा तर्फका ११ औं तहका सहसचिवहरुको समायोजनको प्रक्रिया भने तत्काललाई स्थगन गरेको छ। सरकारले संघ अन्तर्गत थप ५ वटा अस्पताल राख्ने निर्णय गरेपछि दरवन्दी संशोधन गर्नुपर्ने भन्दै पुरानो सूची अनुसारको पत्र दिने कार्य स्थगन गरेको हो।
