बीरगञ्ज– गायत्री महायज्ञमा बीरगञ्ज महानगरपालिकाको आयुर्वेद शाखाले निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा नेपाल र भारतका गरी १ सय २५ जनाले सेवा लिएका छन्।
सेवा लिनेमध्ये हात खुट्टाको जोर्नी दुखार्इका ४० बिरामीलाई स्नेहन (तेल मालिस) र स्वेदन (जडिबुटीको वास्पद्वारा सेकाउनु) काम गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत धिरेन्द्र कुमार सिंहले बताए।
शिविर बुधबारसम्म चल्ने छ।