काठमाडौं – कर्मचारी समायोजन विधेयकमा असन्तुष्टि जनाउँदै आएको सरकारी चिकित्सक संघ (गोदान)का माग सम्बोधन गर्न गठित एक्सन कमिटीले काम सुरु गरेको छ। कमिटीले मंगलबार प्रारम्भिक छलफल गरेको छ।
छलफलमा कर्मचारी समायोजन विधेयकमा रहेका असन्तुष्टि प्रति सबै प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका गोदानका अध्यक्ष दिपेन्द्र पाण्डे बताए। उनले भने ‘अझै धेरै गृहकार्य गरेर कमिटीले पुर्ण बैठक राख्ने निणर्य भएको छ।’
सरकारी डाक्टरका माग सम्बोधन गर्न आइतबार सङ्घीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाको उपस्थितिमा बसेको बैठकले एक्सन कमिटी गठन गरेको थियो। कमिटीमा संघीय मामिला मन्त्रालयबाट सचिव थपिलया र भुपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा विकास देवकोटा, जनार्दन गुरागाईं र महेन्द्र श्रेषठ र गोदानका प्रतिनिधि रहेका छन्।