फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिसियूमा भर्ना गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएको हो।
केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले प्रधानमन्त्रीलाई चिकित्सकको निगरानीमा राखिएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले जानकारी दिइन्।
'केही रिपोर्ट आउन बाँकी छ। रिपोर्ट हेरेपछि संभवतः आजै डिस्चार्ज हुन्छ,' उनले भनिन्। प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र अन्य स्थानमा बेड अभाव भएपछि सिसियूमा राखिएको उनले बताइन्।
प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको छ। उनको उपचारमा डा अरुण सायमीको टोली खटिएको छ।