रुपन्देही– उपचार गर्न आएका बालकलाई कुटेको आरोप लागेका चिकित्सकलाई प्रहरी कार्यालय लगिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार गर्न आएका एक ७ वर्षीय बालकलाई चिकित्सकले झापड हानेको आरोप बालकका आफन्तले लगाएका थिए।
दाँतमा समस्या आएपछि उपचार गर्न अस्पताल आएका अभिनव विकलाई चिकित्सक हेमन्त पाठकले झापड हानेको आरोप बालकका आफन्तको थियो। बालकलाई कुटपीट गरेको भन्दै अस्पताल परिसरभित्र नाराबाजी समेत भएको थियो।
उपचारको क्रममा बालकले भनेको नमानेपछि डा पाठकले एक झापड हानेको अस्पतालका कर्मचारीले बताएका छन्। भिडले चिकित्सक पाठकलाई नियन्त्रणमा लिन खोजेपछि प्रहरीले सुरक्षा दिएर इलाका प्रहरी कार्यालयमा थियो।
उनीहरुले चिकित्सलाई कारबाहीको माग गरेका छन्। ईलाका प्रहरी कार्यालय बुटबलले दुवै पक्षलाई राखी छलफल गराएको छ।