रुपन्देही– नारी दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पताललमा कार्यरत स्टाफ नर्सलाई एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) ले सम्मान गरेको छ।
एचआइभी एड्स भएका महिलाहरूलाई भेदभावरहित सेवा र सद्भावपूर्ण व्यवहार गरेको भन्दै स्टाफ नर्स जगत लक्ष्मी सिंहलाई फाउण्डेसनले सम्मान गरेको हो।
सिंह २६ वर्षदेखि नर्सिङ पेसामा आवद्ध छिन्।
सम्मान कार्यक्रममा बोल्दै अस्पतालका बुटबल प्रमुख डा कृष्ण खनालले सम्मानले काम गर्नको सबैलाई हौसला प्रदान भएको बताए। उनले राम्रो कामको मूल्यांकन ढिलो चाँडो अवश्य हुने बताए।
खनालले अस्पतालले कुनै पनि प्रकारको भेदभाव नभएको दाबी गरे।
कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख दुुर्गा पौडेलले सम्मानले सबैलाई प्रोत्साहन मिलेकोे बताइन्। नर्सिङ अधिकृत ज्योती पौडेलले राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै कामको मूल्याकंन गर्दा थप हौसला बढ्ने बताइन्।
एएचएफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्राईले यस्ता हौसला प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
सम्मानित जगत लक्ष्मी सिंहले राम्रो कामको मूल्यांकन हुँुदा खुसी लागेको भन्दै आफ्ना अनुभूति साटिन्।