काठमाडौं – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा 'क्यान्सर सर्भाईभर मिट' सम्पन्न भएको छ।
नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा पाँचौ 'क्यान्सर सर्भाईभर मिट' भएको हो।
धम्मावती गुरुआमाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा 'म आफु क्यान्सर सर्भाईभर भएर कसरि केकस्तो योगदान गर्न सक्छु?' भन्ने नारा राखिएको थियो।
क्यान्सरलाई जितेकाहरुलाई आआफ्नो अनुभव साटासाट गराउने मुख्य उद्देश्यका साथै यो कार्यक्रम संचालन गरिएको हो।
सुदिप्त क्यान्सर सर्भाईभर कार्यक्रमले हरेक महिना सर्भाईभर मिटको आयोजना गरिरहेको छ। यस महिनाको प्रसङ्ग 'म आफु क्यान्सर सर्भाईभर भएर कसरि केकस्तो योगदान गर्न सक्छु?' रहेको छ।
यसका साथै 'सुदिप्त क्यान्सर सर्भाईभर र्याम्प शो' मा संलग्न २४ जना क्यान्सर सर्भाईभरहरुलाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भएको क्यान्सर हस्पिटलकी संचालक स्वरुपा श्रेष्ठले जानकारी दिइन्।