नवलपरासी – पृथ्वी चन्द्र अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। अस्पतालले परासी र नवलपरासीमा फागुन १९ गतेदेखि शिविर सञ्चालन गरेको हो।
शिविरले २५ गतेसम्म २८ जना महिलाको शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अजेन्द्र यादवको नेतृत्वमा शल्यक्रिया भइरहेको छ।
शिविरमा ७५ जनाको कोटा रहेकाले कोटा नसकिएसम्म नियमित रुपमा शल्यक्रिया हुने अस्पताल प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए।
त्यसैगरी जनरल सर्जन डा. शौरभ बज्राचार्य र एमडिजिप डा पवन अग्रहरीको नेतृत्वमा आइतबारदेखि निःशुल्क हाइड्रोसिल शिविर सञ्चालन भएको छ।
१ सय २० जनाको कोटा निर्धारण गरिएको र कोटा समापन नभएसम्म शल्यक्रिया सञ्चालन भइरहने अधिकारीले बताए।