काठमाडौं- नेपाली सेनाको सैनिक कल्याणकारी कोषले हिताधिकारीहरुका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। कोषले फागुन २० गतेदेखि रिङ्गरोड-वीरेन्द्र अस्पताल-रिङ्गरोड नि:शुल्क यातायात सेवा संचालनमा ल्याएको हो।
वीरेन्द्र सैनिक अस्पताल आवतजावत गर्ने हिताधिकारीका लागि निशुल्क यातायात सञ्चालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
औषधोपचार गर्न आउने बिरामीका लागि सुविधा होस् भनेर नेपाली सेनाले निशुल्क यातायात सञ्चालनमा ल्याएको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।
यस्तो छ बस आवतजावत गर्ने समय तालिका
