काठमाडौं– गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल लगायत कलेजमा कार्यरत कर्मचारीको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा उजुरी दर्ता गरिएको छ।
चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता प्रितम सुवेदी, विजयबाबु शिवाकोटी र गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले उजुरी दर्ता गराएका हुन्।
सञ्चालक अर्यालका साथै प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेल, सिइओ सन्तोष खनाल, परीक्षा कन्ट्रोलर लक्ष्मणप्रसाद शर्मा, स्टोर किपर कृष्ण पौडेल लगायत १० जनाको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न उजुरी दिइएको छ।
विद्यार्थीसँग मनपरी शुल्क उठाएको भन्दै गण्डकी मेडिकल कलेज विवादमा आइरहेको छ।