काठमाडौं– सानेपास्थित स्टार हस्पिटलले १३औं वार्षिक उत्सव मनाएको छ। सो अवसरमा अस्पतालमा विगत १० वर्षदेखिकार्यरत कर्मचारीहरू सम्मानित भएका छन्।
सम्मानित हुनेहरूमा काशीराम लावती, रुद्र थापा मगर, नमिता श्रेष्ठ, शर्मिला श्रेष्ठ, उषा ढकाल, वीर बहादुर श्रेष्ठ, जानुका बिष्ट, सावित्री रेग्मी, कमला बस्नेत, लक्ष्मी महर्जन, आशा लामा, बिष्णु थापा, राजु ढकाल, धन बाहादुर माझी, हरि बाहादुर खत्री र दुर्गा थिङ रहेका छन्।
त्यसैगरी अस्पतालको ओपिडीमा कार्यरत कृष्ण कुमारी श्रेष्ठ वर्षको उत्कृष्ट कर्मचारीबाट सम्मानित भएकी छन्।
उनलाई अस्पतालका अध्यक्ष बसन्त चन्द्र मरहठ्ठाले सम्मान गरेका थिए।
कार्यक्रमा बोल्दै अध्यक्ष महरले बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको स्टार अस्पताल सफल हुनुमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।