काठमाडौं– प्रधानमन्त्री केपी शर्मा वली मिर्गौला दिवसको अवसरमा आयोजित वाकाथनमा सहभागी भएका छन् । शिक्षण अस्पतालको मिर्गौला विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन्।
प्रधानमन्त्रीकी निजी चिकित्सक तथा अस्पतालकी मिर्गौला विभाग प्रमुख डा दिव्या सिंहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । नेपालमै मिर्गौला प्रत्यारोपणको अगुवाइ गरेकी डा सिंहकै आग्रहमा मिर्गौला प्रत्यारोपित प्रधानमन्त्री ओली वाकथुनमा सहभागी भएका हुन्। केही वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि आफन्तको दानबाट प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
मिर्गौला रोग विशेषज्ञ डा सिंह त्यसपछि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा उपचार सेवा दिइरहेकी छिन्।




