बझाङ– तलकोट गाउँपालिकाअन्तर्गत सुनिकोट स्वास्थ्य चौकीबाट परिचालित स्वास्थ्यकर्मीको टोलीले गाउँगाउँ पुगेर स्थानीयको स्वास्थ्य परीक्षण गरेको छ।
स्वास्थ्यकर्मीको टोलीले सुनिकोटका भाटगाउँ, चन्दनपुर, सेरागाउ, बेडाला, डाउगाउँ, खातिगाउँ, ऐरिगाउँ, गोठिचौर,बिकुल्ली, खरायलमा पुगेर स्थानीयको नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो।
उक्त कार्यक्रममा १ सय २ जना जेष्ठ नागरिकले सेवा लिएका थिए। यसरी घरघरमा उपचार सेवा पाउँदा त्यहाँका बृद्धबृद्धा हर्षित भएका छन्।
परीक्षणका क्रममा दम, हाइपरटेन्सन, बाथरोग र ग्यास्टिकका बिरामी फेला परेको स्वास्थ्य चौकीका अहेव नरेन्द्रबहादुर थापाले बताए।
स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन यस्ताग सन्देशमूलक कार्यक्रम भइरहेको सुनिकोट स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष जयकुमारी ऐडी बताउँछिन्।