काठमाडौं– साइक्याट्रिक एसोसिएसन नेपाल (प्यान) ले नयाँ कार्यसमिति चयन गरेको छ। एसोसिएसनको धरानमा सम्पन्न महाधिवेशनले डा सुदर्शन नरसिंह प्रधानलाई अध्यक्षमा चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा डा निर्मल लामिछाने, महासचिवमा डा राजन शर्मा, सहसचिवमा डा निना राई, कोषाध्यक्षमा डा रचना शर्मा बस्नेत र सहकोषाध्यक्षमा डा सगुनबल्लभ पन्त चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा, शैलैन्द्रराज अधिकारी, डा दीपक कुँवर, डा निकेशराज भण्डारी रहेका छन्।
नयाँ कार्यसमितिले मानसिक बिरामीको पहुँचमा सेवा विस्तार गर्न लागिपर्ने महासचिव डा राजन शर्माले बताए। उनले भने, ‘नयाँ समितिले सबै मेडिकल कलेजमा एमबिबिएस पढाइमा एकरुपता ल्याउन पहल गर्नुका साथै स्कुलहरुमा मानसिक शिक्षा राख्ने बारेमा पहल गर्छ।’