काठमाडौं– चिरायु अस्पतालले एक दिने स्वाथ्य शिविर सम्पन्न गरेको छ। चिरायु अस्पताल, सानीमा बैंक र धुम्बाराही क्लबको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
उक्त शिविरमा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताएका छन्।
कार्यक्रममा चिरायु अस्पताल र धन्वन्तरी क्लबबीच द्विपक्षीय सम्झौता गरी अघि बढ्ने विषयमा छलफल भएको थियो।