काठमाडौं- धुलिखेल अस्पतालमा एक दिने भास्कुलर इमरजेन्सी कर्याशाला सम्पन्न भएको छ। अस्पतालको शल्यक्रिया विभाग अन्तर्गतको कार्डियो थोरासिक एन्ड भास्कुलर युनिटले भास्कुलर सोसाइटी अफ नेपालको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरेको हो।
कार्यशालामा नेपालका विभिन्न १० अस्पतालका ३५ जनाको सहभागिता रहेको थियो। सम्मेलनमा कार्डियोथोरासिक र भास्कुलर सर्जन, प्लास्टिक सर्जन, अर्थोपेडिसियन, नाक, कान घाँटी सर्जन र डेन्टल सर्जनको सहभागिता थियो।
कार्यशालामा भास्कुलर सोसाइटी आफ नेपालका डा उत्तम कृष्ण श्रेष्ठ, हल्यान्डका डा एन्टन होडी र जर्मनीका डा फ्लोरियन थर्मनले सहभागिलाई विशेष जानकारी दिएका थिए। कार्यशालामा डोप्लर अल्ट्रासोनोग्राफी, भास्कुलर एनास्टोमोसिस र भास्कुलर इमरजेन्सीको व्यवस्थापन तथा पहिचानका विषयमा विषेश छलफल भएको धुलिखेल अस्पतालका एसिस्टेन्ट प्रोफेसर डा रोविन मान कर्माचार्यले जानकारी दिए।