काठमाडौं- युवा चिकित्सक संघमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। चबहिलमा भएको संघको पहिलो साधारण सभाले डा चेतन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा डा उमेशप्रसाद भट्टराई, उपाध्यक्षमा डा संगिता भुसाल र डा कृष्ण हमाल, महासचिवमा डा सुलोचन लोहोनी, सचिवमा डा रविन बस्नेत र डा केशव राज न्यौपाने, कोषाध्क्षमा डा राज्य खड्का र सह(कोषाध्यक्षमा डा उत्सव तिमल्सिना चयन भएका छन्।
यस्तै सदस्यहरुमा डा रविन ज्ञवाली, डा किशोर शाही, डा रोमन धिताल, डा दिपक शर्मा, डा अनुज श्रेष्ठ र डा सरोज कार्की चयन भएका छन्।