काठमाडौं- काभ्रेको रयालेमा क्यान्सर, नशा तथा मनोरोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ध्रुब थापा स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त शिविरमा एक सय ६५ जनाले सेवा लिएको रिदम न्यूरो साइकियाट्रि अस्पतालका डा रितेश थापाले जानकारी दिए।
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी जाँचका क्रममा महिलालाई स्तन क्यान्सर आफैँ जाँच गर्ने विधिका विषयमा पनि जानकारी दिइएको डा थापाले बताए।
रयाले स्वास्थ्य चौकी परिसरमा चलेको शिविरमा नासा तथा मानसिक समस्यामा डिप्रेसन, हात खुट्टा झमझम हुने, टाउको दुख्ने, मदिराको लत भएका बिरामीले सेवा लिएका थिए।
रिदम अस्पताल र ऋचा बजिमय मेमोरियल फाउन्डेसन शिविरका सहआयोजक थिए।