काठमाडौं– सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन भएको छ। १२औँ साधारण सभाले विभिन्न प्रतिवेदन पारित गर्दै सोमनाथ अधिकारी “प्यासी”लाई अध्यक्षमा चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्ष रश्मी खड्का, सचिवमा वरिष्ट अधिवक्ता ओमप्रसाद थपलिया, कोषाध्यक्षमा जगन्नाथ सुवेदी सहसचिवमा टुकनारायण अर्याल चयन भएका छन्।
यस्तै प्राडा गणेशमान गुरुङ, दीपक बस्नेत, टहल बहादुर खड्का, हिक्मत कार्की, दिपेन्द्र केसी, सीता रिजाल, राजेन्द्र पौड्याल, कुवेर खड्का, डा जितेन्द्र श्रेष्ठ, क्या गणेशबहादुर गुरुङ सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन्।
यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भगवानराज घले र सदस्यमा खड्काबहादुर थापा र शिवप्रसाद अधिकारी चुनिएका छन्।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा शोभा सापकोटा र जिल्ला प्रतिनिधिमा चन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनपश्चात नवनिर्वाचित अध्यक्ष अधिकारी “प्यासी”ले पदभार ग्रहण गरेका छन्।