काठमाडौं- सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट नेपाल (सान)मा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा सम्पन्न सानको २०औं वार्षिक सम्मेलनले अगामी कार्यकालका लागि प्राडा जेजुनाथ पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सम्मेलनले सानको उपाध्यक्षमा डा सविन गौचन, महासचिवमा डा नविन्द्रराज बिष्ट, सहसचिव डा रितेश लम्साल, कोषध्यक्ष नविन पोखरेल र सहकोषाध्यक्षमा डा स्मृति कोइरालालाई चयन गरेको छ।
यसैगरी, सदस्यहरुमा डा सुवासप्रसाद आचार्य, डा अपुर्व शर्मा, डा आशिष गोविन्द अमात्य, डा रुपेशकुमार यादव र डा पुजा थापा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल नयाँ वर्ष सुरुवातसँगै सुरु हुनेछ।