काठमाडौं– पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै रत्न डिस्चार्ज भएको जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि पूर्व मुमाबडामहारानी रत्न गत फागुन २१ गते अस्पताल भर्ना भएकी थिइन्। ज्वरो तथा पखालाको समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र रत्नले उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक लगायत स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएको अस्पतालले जनाएको छ।
रत्न तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्।