रुपन्देही– प्रदेश ५का सभामुख पूर्णबहादुर घर्ती अस्पताल भर्ना भएका छन्। भाइरल ज्वरोको कारण केही दिनदेखि बिरामी भएका उनी बिहीबार बुटबलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालले बताए।
डा खनालका अनुसार केहीदिन सभामुख घर्तिले आराम गर्नेछन्।
सभामुख आएर अस्पतालमा उपचार गराउनुले सरकारी सेवातर्फ विश्वास जनविश्वास बढदै गएको डा खनालले बताए।