रुपन्देही– प्रदेश नं ५का १२ जिल्लामा क्षयरोगका कारण एक वर्षमा २ सय ३८ जनाको मृत्यु भएको छ।
विश्व क्षयरोग दिवसको अवसरमा प्रदेशको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशक दिनेश कुमार चापागार्इंलेकार्यपत्र प्रस्तुत गरेका थिए। उनलेप्रदेशमा ४७ हजार ५ सय ८२ जनाको विभिन्न विधिवाट परीक्षण गर्दा ७ हजार २९ जना बिरामी फेला परेको बताए।
उनले नेपालमा क्षयरोग उपचार सफलदर ९१ प्रतिशत रहेकोमा प्रदेशमा पनि केन्द्रको तथ्यांकअनुसार नै उपचार सफल भएको बताए। यद्यपि, क्षयरोग चुनौतीका रुपमा रहेको चापागाईंले बताए।
कार्यपत्रअनुसार प्रदेशमा ६ सय ९० क्षयरोग उपचारकेन्द्र, १ सय १५ प्रयोगशाला र ११ वटा जिनएक्सपट केन्द्रबाट औषधि तथा उपचार गर्ने गरेकाछन्।
यस्तै प्रदेशमा एमडिआरका ३ वटा उपचार केन्द्र, १५ वटा उपकेन्द्र र २ वटा डिआर होस्टल रहेको छ। निर्देशक चापागाईंले डिआर टिभीका बिरामीको संख्या बढेको हुँदाव्यवस्थापनमा चुनौती भएको बताए।
कार्यक्रममा सेभद चिल्ड्रेनका व्यवस्थापक मीन बहादुर सिंहले परियोजनाले सरकारसँग मिलेर काम गरेको बताएका छन्। उनले १५ देखि २५ वर्षकालाईक्षयरोग बढी देखिएको बताए। उनले प्रदेशका १२ जिल्लामा भएको मृत्युको अवस्था, संख्या र रणनीति बारे जानकारी गराए। उनका अनुसार बाँकेमा ३२, बर्दियामा २३, दाङमा ४०, प्युठानमा ११, रोल्पामा १५, रुकुम पूर्वमा शून्य, पाल्पामा १६, रुपन्देहीमा १२, कपिलवस्तुमा ४३, गुल्मीमा २१, अर्घाखाँचीमा १२, नवलपरासीपश्चिममा १३ गरी २ सय ३८ जनाको मृत्यु भएको बताए।
यसैबीच प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ‘म क्षयरोग रोक्न प्रतिबद्ध छु’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।विश्व क्षयरोग हस्ताक्षर गर्दै बरालले सबैको सहयोग सहकार्यबाटमात्र प्रदेशलाई क्षयरोग मुक्त प्रदेश बनाउन सकिने बताए।
उनले क्षयरोगको संक्रमणले व्यक्ति मात्र नभई समाजका अन्य व्यक्तिसमेत सिकार हुने हुँदा नियमत औषधि सेवा गर्न संक्रमितलाई सुझाव दिए।