सोलुखुम्बु- जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरको आयोजनामा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। तीन दिने निःशुल्क स्वास्थ्य शिविर चैत्र १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जानकारी दिएको छ।
सो गाउँपालिकाको नेचास्थित हिमाल दर्शन क्याम्पसको छात्रावासमा नोबेल मेडिकल कलेज विराटनगरका विशेषज्ञ चिकित्सकले सेवा प्रतिष्ठानका अध्यक्ष कुमार जमरकट्टेलले जानकारी दिए।
अध्यक्ष जमरकट्टेलका अनुसार शिविरमा जनरल मेडिसिन, मुटुरोग, प्रसुति तथा स्त्रीरोग, बाल रोग, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक, कान, घाँटी तथा दन्तसेवाका प्रदान गरिनेछ। यसका साथै भिडियो एक्सरे, ल्याब परीक्षण, औषधी एवं परामर्श सेवा समेत प्रदान गरिने बताइएको छ।
