काठमाडौं– वनगाढ नगरपालिका–१ कुपिण्डे सल्यानमा एक दिने नि:शुल्क आर्युवेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आयोजनामा प्रभाकर माध्यामिक विध्यालय देवस्थमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा ४ सय ५२ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको स्वास्थ्य निर्देशनालय सुर्खेतका आयुर्वद सहायक पुष्पा आचार्यले बताइन्।
शिविरमा आयुर्वेद चिकित्षा डा रविन भुसाल, डा शंकर रिजाल लगायतका स्वास्थ्यकर्मीहरूको टिमले परीक्षण तथा परामर्श गरेको थियो।