काठमाडौं- पत्नी सीता दाहालको स्वास्थ्योपचारपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।
अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्नी सीताको अमेरिकाको तीन वटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधिले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिए।
'उपचारको क्रममा मुख्यत: तीन अस्पतालमा जाँच गर्यौ र सल्लाह सुझाव लियौं। पहिलो न्युयोर्कमा जोन हप्किन्स अस्पतालमा त्यसपछि वासिङ्टन डीसीको जर्जटाउन युनिभर्सीटी हस्पिटल र त्यसपछि अलाबामाको बर्मिङगम युनिभर्सीटी हस्पिटलमा' विमानस्थलमा प्रचण्डले भने।
अध्यक्ष दाहाल गत चैत्र ३ गते आईतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए।
सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिनाअघि सिंगापुरमा पुष्टि भएको थियो।