विराटनगर- मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को सम्पन्न अधिवेशनले हरिशङ्करप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
दुई दिने अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको सङ्घीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो।
समितिका उपाध्यक्षमा सुरेशकुमार पण्डित, मञ्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह छन् भने मुख्य सचिवमा शिवनारायण यादव, सचिवमा अजय मण्डल र रामानन्दप्रसाद गुप्ता तथा र कोषाध्यक्षमा रामअवतार यादव छन्।
यस्तै सदस्यहरुमा हरिनारायण यादव, रवीन्द्रकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ।
सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीलाई तह घटुवा गरेको आरोप लगाउँदै यसलाई अविलम्ब सच्चाउनुपर्ने बताए।
स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई विभेद् गरिएको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए। रासस