काठमाडौं– विश्व स्वास्थ्य संगठनले २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ घोषणा गरेको छ।
फ्लोरेन्स नाइटिन्गेलको २००औं जन्मोत्सवको सम्मान गर्दै विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो।
धेरै देशमा नर्स र मिडवाइफहरू स्वास्थ्यकर्मीको ५० प्रतिशत ओगट्छन्। यो प्रति अन्तिम विचार र समर्थनका लागि औपचारिक घोषणा ७२औं विश्व स्वास्थ्य सम्मेलनमा घोषणा गरिनेछ।
नर्सिङ नीति निर्माण तथा कार्यक्रमका निर्देशक होवार्ड क्याटन भन्छन्, 'अर्को वर्ष हामीले नर्सिङको योगदानको कदर गर्न फ्लोरेन्स नाइंटिगेलको २००औं जन्मदिन मनाउको लागि विश्वलाई नयाँ अवसर हुनेछ।'
उनले थपे, 'यो उत्सवले विश्वभर विगत र वर्तमानमा योगदान पुर्याइरहेका नर्स नेतृत्वकर्ताको पहिचान गर्न मञ्च प्रदान गर्नेछ। यसले नर्सिङ पेसा तथा वृद्धिविकासका निम्ति नीति निर्माण र लगानीको कुरा उठाउनेछ।'