काठमाडौँ– माइक्रोबायोलोजी स्टुडेन्टस् एसोसिएसन अफ नेपाल (मिसान) ले भुपेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।मिसानले १९ सदस्यीय नयाँ केन्द्रिय कार्य समिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष लामाले लामो समयदेखि संघर्षरत माइक्रोबायोलोजिष्टहरुको रोजगारीका लागि विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी पहल गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको प्राज्ञिक एवं शैक्षिक विकासमा टेवा पुर्याउने बताए।
समितिमा उपाध्यक्षमा निश्चल सापकोटा, राधा पण्डित,सन्देश ढकाल रहेका छन् भने सचिवमा गोपीराम(शुलभ)स्याङतान, सहसचिवमा शोभा भण्डारी र दुई सह–सचिव(मनोनयनवाट चुनिने) र कोषाध्यक्षमा सुमित्रा पोखरेल रहेका छन्। त्यसैगरी सदस्यहरुमा प्रविन चौधरी, निडर महर्जन, तुलसी चाम्लिङ राई, मञ्जु आचार्य, सविन श्रेष्ठ, प्रदिप कुमार कर र बाँकी सदस्य अर्को बैठकमा मनोनयन गर्न ेगरि १९ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिती गठन गरिएको छ।
मिसनले आगामी कार्ययोजनाहरुमा विभिन्न सरकारी निकायहरुमा ज्ञापन पत्र बुझाउने, विभिन्न कलेजहरुमा संस्था विस्तार गर्ने, नेपालमा माईक्रोवायोलोजी विषयको शैक्षिक एवं अनुसन्धान कार्यहरुको अवस्था अध्ययन गर्ने, संस्थाको मुखपत्र प्रकाशन गर्ने आदि लक्ष्य राखेको छ।
सन् १९७८ देखि त्रि–चन्द्र क्याम्पसबाट स्नातक तहबाट माईक्रोवायोलोजी अध्यापन सुरु गरिएको हो। साथै यस विषयको स्नातक तह वार्षिक एवं सन् २०१२ देखि स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा अध्यापन हुँदै आएको छ।