काठमाडौं- दन्त चिकित्सा पढीरहेका विद्यार्थीहरुले ‘नेपाल दन्त चिकित्सक विद्यार्थी संघ’ गठन गरेका छन्।
बुधबार बसेको विद्यार्थीहरुको भेलाले दिपक ठाकुरको अध्यक्षतामा नयाँ संघ गठन गरेको हो।
संघको उपाध्यक्षमा नित्या वाइबा र भुमिका दाहाल, सचिवमा इर्फान रेजा, उपसचिवमा सन्तोष प्रसाद ढकाल, कोषाध्यक्षमा निता लवजु र सुष्मा पौडेल रहेका छन्।
यसैगरी, सदस्यहरुमा सुदित राज पौडेल, स्वस्तिक देवकोटा, नितेस सिंह, प्रदिप गैरे, बिनय सुवेदी र प्रभास रोय रहेका छन्।