बागलुङ– स्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सोमराज पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कोपिला थापा, प्रदिप आचार्य र ऋषिराम शर्मा रहेका छन्।
त्यसैगरी सचिवमा विष्णुनाथ सापकोटा, सह–सचिवमा सुशील पौडेल र कोषाध्यक्ष सीता थापालाई चयन गरिएको छ।
समितिको सदस्यहरु देवी शर्मा, पुष्पादेवी अधिकारी, राजुप्रसाद जैसी, सन्तोष सुवेदी, राजु खत्री, टीकादेवी रिजाल, सुरज बराल, पदमबहादुर पुन, करिन्द्र शाही र टंकबहादुर केसी रहेका छन्।
समितिको सल्लाहकार र केन्द्रीय प्रतिनिधि कार्यसमितिले चयन गर्ने नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिए।
अधिवेशनको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका तत्कालीन जैमिनी नगरपालिका–९ पैयुँथान्थाप स्वास्थ्य चौकीका सिनियर अहेव कुश्मराज सुवेदीलाई सम्मान गरिएको थियो।