काठमाडौं– आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले स्वयंसेविकाहरुलाई वार्षिक रु. ३ हजारको दरले भत्ता छुट्याएका छन्। उनले यो बजेट यातायात खर्चका लागि छुट्याएका हुन्।
उनले यसका लागि १८ करोड बजेट बिनियोजन गरेका छन्। अहिले नेपालमा ५२ हजार स्वयंसेविकाहरु कार्यरत रहेका छन्। नेपालमा बाल मृत्यु र मातृ मृत्यु दर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा स्वयंसेविकाहरुले जनचेतना दिँदै आएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।