काठमाडौं– सरकारी कर्मचारीको तलब रकम बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।
महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।
कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन।
यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।
त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।
