नवलपरासी- औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तब्य बन्दै गएको छ।
विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा बिरामीको उपचार सेवा लिन घुइँचो बढेको हो। हाल यस चिकित्सालयमा दैनिक १०० बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिनसक्ने छ।
यहाँ माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ। चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको उपचार निको हँुदै गएका छन्। बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ।
चिकित्सालयमा औषधिरहित पद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ। विसं २०६३ मा स्थापना भएको चिकित्सालयले विसं २०६४ बाट उपचार सेवा प्रारम्भ गरेको थियो। हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देशविदेशसमेत बाट उपचार सेवा लिन आउने गरेका छन्।
दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई विसं २०६८ मा नेपाल सरकारबाट १० बिघा क्षेत्रफलको जग्गाको भोगाधिकार प्राप्त भएको थियो। अघिल्लो समय बिरामीको खासै चाप नभएपछि अहिले बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको चिकित्सालयले जनाएको छ।
यस चिकित्सालयले १५ वर्ष कार्ययोजनासमेत तयार गरेको छ। जसअन्तर्गत यस प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ। साथै यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको मेडिकल कलेज स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ।
विभिन्न रोगका समस्या लिएर आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दोरुपमा रहेको छ। सरकारले नीति तथा कार्यक्रममा नै राखी यस चिकित्सालयको वृत्तिविकासमा ध्यान पु¥याउन सकेमा औषधीय उपचार पद्धतिबाट निरास बनेका बिरामीलाई सजिलैसँग उपचारमा सघाउ पु¥याउन सक्ने अवस्था देखिन्छ। रासस