फाइल तस्बिर
काठमाडौं- हेल्थ असिस्टेन्ट संघको शनिबार हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको छ। संघले कर्मचारी समायोजन प्रक्रिया नटुंगिएको भन्दै सम्मेलन स्थगित गरेको हो।
संघका अध्यक्ष दाताराम अधिकारीले विज्ञप्ति जारी गर्दै सम्मेलन स्थगित गरेको जानकारी दिएका हुन्।
‘हालसम्म समायोजन प्रक्रिया सम्पन्न नभई अझै अन्यौलता कायम रहेको हुनाले यस विषयम परिस्थितिलाई मध्यनजर गर्दै समायोजन पश्चात अनुकुल समयमा सम्मेलन हुने मिति सार्वजनिक गर्नेगरी हाललाई सम्मेलन स्थगित गरिएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
